आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

पोखराबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

काठमाडौं । पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ। नाइन एन एएमएल कलसाइन भएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका ७ आठकिलोमा आकस्मिक अवतरण गरेको हो।

पोखराको मनिपाल अस्पतालबाट विमारी लिएर आएको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको बताइएको छ।

पोखराबाट बिरामी तिलकप्रसाद पराजुली सहित ५ जना यात्रु ल्याएको हेलिकप्टर आठकिलो भन्ने स्थानको धान खेतमा सुरक्षित अवतरण गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज