शुक्र, कार्तिक १४, २०८३
15.1 C
Kathmandu

नेपाली कांग्रेसका पदाधिकारीको वरीयताक्रम यसरी गरियो निर्धारण

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको वरीयताक्रम निर्धारण गरिएको छ। पदाधिकारीले बिहीबार शपथ लिएका हुन्।

वरीयताक्रममा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी छन्। त्यसपछि महामन्त्रीहरू प्रदीप पौडेल, डिला संंग्रौला र उदयशमशेर राणा छन्।

सहमहामन्त्रीमा बहादुरसिंह लामा, योगन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आङगेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, मनोजमणि आचार्य र फिरदोश आलम छन्।

महाधिवेशनबाट २० पदाधिकारी निर्वाचित भएका हुन्। २५ पदाधिकारीमध्ये एक कोषाध्यक्ष र चार सहमहामन्त्री सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था छ।

सम्बन्धित समाचार

ताजा न्यूज