आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

सूर्योदय सहकारी ठगी प्रकरणमा दुईजना पक्राउ

काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको सूर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका दुईजना पक्राउ परेका छन् । प्रहरीले तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गरेको हो । भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् ।

बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पनि पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परिसकेका छैनन् । यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनीहरू तीन जनालाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज