आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

ओलीले भने- जनसंख्या घट्ने भयो २०-३० वर्षमा बिहे गर्नुस्, बच्चा जन्माइहाल्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०-३० वर्षको उमेरमा बिहे गर्न युवाहरूलाई सुझाव दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन्।

‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर। उमेर छन्जेल विदेशतिर गइरहेका हुन्छन् । त्यसो भएपछि जनसंख्या झन घट्ने भयो,’ ओलीले भने, ‘मेरो एउटा सुझाव छ– २०÷३० वर्षको उमेरतिर बिहे गर्नुस्। छिट्टै बच्चा जन्माइहाल्नुस्। त्यसपछि अनि जबमा लागेपनि भयो, बाहिर गए पनि भयो ।’

उनले भविष्यमा पैसा मात्रै नभइ बालबच्चा पनि चाहिने बताए। ‘केही भएन भने छोराछोरी हुर्कँदै गर्छन। फ्युचर भनेको पैसा होरु फ्युचरका लागि त बालबच्चा चाहियो होला नि,’ ओलीको भनाइ थियो।

सम्बन्धित समाचार

ताजा न्यूज