बुध, कार्तिक १२, २०८३
18.1 C
Kathmandu

रास्वपालक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने- सरकारमा हुँदा केही गर्न नसक्नेले अहिले उफ्रिनुको औचित्य छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसद्लाई ‘ब्ल्याकमेल’ गर्ने थलो नबनाउन ठूला दलहरूलाई चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यस्ता्े चेतावनी दिएका हुन् ।

“भ्रष्टाचारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लोपटक संसद्‌मा दोहोरी चलेको थियो । हामी भन्छौँ– नयाँ, पुराना जोसुकै हुन्, चोर चोर नै हुन्,” उनले भने ।

रास्वपालक्षित हुँदै उनले हिजो सरकारमा हुँदा केही गर्न नसक्नेले अहिले उफ्रिनुको कुनै औचित्य नहुने बताए । हिजो सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाही गरेको भए अहिले किन उफ्रिनुपर्थ्यो भन्ने उनले जिज्ञासा व्यक्त गरे ।

“ओम्नी, गिरिबन्धु, टेरामक्स भनेर कराउन नपरोस्, काम गर्नुहोस् । स्टन्टबाजी नगर्नुहोस्,” उनले भने ।

सम्बन्धित समाचार

ताजा न्यूज