बुध, कार्तिक १२, २०८३
18.1 C
Kathmandu

ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोजेको शक्ति बस्नेतको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोजेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै उनले सचेत गराए ।

‘डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ। त्यसको निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरू पनि छ । सरकार त्यो बाटो हिँड्नुपर्‍यो। कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने। सरकार गलत बाटो हिँड्दैछ,’ उनले भने, ‘सभामुखमार्फत सचेत गराउन चाहन्छु। नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरुमा रुचि देखाएर आफूलाई विवादित बनाउन आग्रह गर्न चाहन्छु । ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ।’

उनले नियमक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज