सोम, कार्तिक ३, २०८३
25.1 C
Kathmandu

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित

काठमाडौं । कांग्रेसको महामन्त्रीमा दुई खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डा डिला संग्रौला निर्वाचित भएका छन् ।

पौडेललाई ४१९४, राणलाई २३३० र संग्रौलालाई ३११८ मत प्राप्त भएको छ । महामन्त्रीमा निर्वाचित सबै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा थिए । पौडेल विशेष महाधिवेशनबाट महामन्त्री चयन भएका थिए भने राणा र संग्रौला सहमहामन्त्री थिए । विशेष महाधिवेशनबाट महामन्त्री चयन भएका गुरुराज घिमिरे भने १५ महाधिवेशनमा महामन्त्रीमा पराजित भए ।

खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।

महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरे ।

सम्बन्धित समाचार

ताजा न्यूज