काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाएको छ । उनलाई मर्यादा पालकले बाहिरै रोकेका छन् ।
माओवादी केन्द्रले देवकोटालाई ह्वीप उल्लंघन गरेको भन्दै सांसद पदबाट हटाएका थिए । पदबाट हटाएपछि देवकोटा सर्वोच्च अदालतमा रिट दायर गरे । उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
२८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि ह्वीप उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरेको थियो ।
आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।
देवकोटा गण्डकी प्रदेश सभामा गोरखा क्षेत्र नम्बर २ ९१० बाट निर्वाचित भएका हुन् ।
