सोम, कार्तिक १०, २०८३
22.1 C
Kathmandu

बैंकिङ कसुर फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–४ का ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तिवारीलाई उच्च अदालत विराटनगरको इलाम इजलासले ०८० जेठ १० गते उक्त मुद्दामा २० दिन कैद, २७ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा एक लाख आठ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।

पक्राउपछि फैसला कार्यान्वयन निम्ति उनलाई झापा जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानका निम्ति जिल्ला कारागारमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज