सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

दशैंको अग्रिम टिकट बुकिङ खुला, छिटो पाइने आशमा रातिदेखि नै यात्रुहरू लाइनमा

काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु बिहीबाररातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते बसेको बैठकले आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेर टिकट बिक्री गरिरहेको छ ।

कलंकी, कोटेश्वर, जडिबुटीलगायतका स्थानबाट पनि टिकट बिक्री भइरहेको छ । अनलाइन टिकट बिक्रीको व्यवस्थासमेत गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज