सोम, कार्तिक १०, २०८३
22.1 C
Kathmandu

अमेरिका–इजरायल र इरानबिच युद्ध, विश्व तरंगित, खाडीमा रहेका नेपाली त्रासमा

काठमाडौं । अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ ।

खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ । इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली दूतावासहरूले अलग–अलग सूचना जारी गर्दै अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गरेका छन् ।

सतर्क अवस्थामा रहन र सरकारी निकायको आधिकारिक सूचनालाई फलो गर्न पनि उनीहरूले आग्रह गरेका छन् । काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

विद्यालयमा मिसाइल

अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ ।

राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज