सोम, कार्तिक १०, २०८३
25.1 C
Kathmandu

इरानका सर्वोच्च नेता अली खामेनी मारिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेली मारिएको दाबी गरेका हुन् । अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनी मारिएको उनले बताएका छन् ।
यसबाट इरानका जनता, अमेरिकन र विश्वका धेरै देशका मानिसहरुलाई न्याय भएको टिप्पणी ट्रम्पले गरेको छ ।

यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए । फक्स न्युज च्यानलले पनि अली खामेनी मारिएको जनाएको छ ।

इजरायल र अमेरिकाले संयुक्तरुपमा गरेको आक्रमणबाट अली खामेनीको निवास पूर्णरुपमा तहसनहस भएको स्याटेलाइट तस्वीरमा देखिन्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज