एजेन्सी । साहिबजादा फरहानको ऐतिहासिक शतक र फखर जमानको विष्फोटक ब्याटिङको मद्दतले पाकिस्तानले टी–२० विश्वकपको सुपर–एटको आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ५ रनले हराए पनि जारी प्रतियोगिताबाट बाहिरिएको छ ।
पाकिस्तान बाहिरिएसँगै समूह ‘२’ बाट न्युजिल्याण्ड सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि नै इंग्ल्याण्ड र दक्षिण अफ्रिका नकआउट चरणमा पुगिसकेका छन् ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले फरहानको सय रन र फखरको ८४ रनको मद्दतले ८ विकेटको क्षतिमा २१२ रन बनाको थियो ।
जवाफी ब्याटिङ गरेको श्रीलंकाले दासुन शनाकालेको नटआउट ७६ रनको मद्दातले ६ विकेटको क्षतिमा २०७ रन जोड्दा ५ रनले मात्र पराजित भयो ।
सेमिफाइनल पुग्न पाकिस्तानले यो खेल कम्तीमा ६५ रनको अन्तरले जित्नुपर्ने थियो ।
