शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

साताको अन्तिम कारोबार ५.२९ अंकले घट्यो,२१ अर्ब माथिको कारोबार…

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । आज बजारमा सामान्य करेक्सन देखिएको हो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा रोकिएको हो ।

यस दिन सेयर बजार सेयर बजारले २८०० अंक नाघेर फर्किएको हो । ‘इन्ट्रा डे’ मा नेप्से २८०५.५७ बिन्दु पुगेर त्यसपछि ओरालो लागेको हो ।

बुधबार २१ अर्ब ९१ लाख रुपैयाँ बराबरको कारोबारसहित नयाँ रेकर्ड बनाएको भए पनि आज थोरै घटेको छ । यस दिन २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसूचकमध्ये ७ उपसूचकमा रातो पोतिएको छ । फाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, होटल एण्ड पर्यटन, म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स समूहमा भने बढोत्तरी देखिएको छ ।

सिटी होटल, नेपाल हाइड्रो डेभलपर्स कुथेली बुकरी स्मल हाइड्रोपावर र शुभम् पावरको मूल्य १० प्रतिशत बढेको छ ।

पिपुल्स हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, अपर सोलु हाइड्रो, मन्दाकिनी हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज