सोम, कार्तिक ३, २०८३
25.1 C
Kathmandu

होटल व्यवसायी महासंघद्वारा राष्ट्रिय डिजिटल साक्षरता अभियान, वर्षभरि चल्ने

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ। बागमती प्रदेश सरकारको पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

विश्व पर्यटन दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी पर्यटन व्यवसायमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्यले महासंघले यो एकवर्षे राष्ट्रिय अभियान अघि बढाएको हो। यस वर्षको विश्व पर्यटन दिवसको ‘डिजिटल प्रविधि र पर्यटन’ सम्बन्धी अन्तर्राष्ट्रिय एजेन्डालाई आत्मसात् गर्दै सुरु गरिएको यस अभियानले नेपालको परम्परागत आत्मीय आतिथ्यलाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ को नेतृत्वमा अघि बढाइएको यस अभियानले विशेषगरी साना तथा मझौला होटल र रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै ठूला व्यवसायलाई समेत प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ। डिजिटल प्रविधिको पहुँचबाट पछाडि रहेका व्यवसायीलाई आवश्यक ज्ञान, सीप र प्राविधिक सहयोग उपलब्ध गराउँदै उनीहरूको दैनिक व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहमा सुधार ल्याउनु अभियानको मूल उद्देश्य हो।

सम्बन्धित समाचार

ताजा न्यूज