सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउबारे बुझ्न गएको टोलीलाई प्रहरीले रोक लगाएकोमा कडा आपत्ति जनाएको छ।

आयोगले विज्ञप्ति जारी गर्दै उक्त उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। आयोगले यो घटनाको निष्पक्ष छानबिन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्वमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त अधिकारको सम्मान गर्न नेपाल सरकारसँग माग गरेको छ।

यसबारे प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा समेत अनुगमन गर्न नदिनुको कारण नखुलाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) ले सार्वजनिक तथा अन्य संस्थाको निरीक्षण एवं अनुगमन गर्ने र मानवअधिकार संरक्षणका लागि सुझाव तथा निर्देशन दिन सक्ने अधिकार दिएको विज्ञप्तिमा औंल्याइएको छ।

कानुनले दिएको अधिकार विपरीत प्रहरीले देखाएको व्यवहारप्रति आयोगले खेद प्रकट गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज