चितवन । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिकाको दुई ठाउँमा बुधबार बिहान पहिरो गएका कारण सडक अवरूद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार इच्छाकामना गाउँपालिका(३ चुम्लिङटार र मौवाखोलामा बिहान सात बजेतिर पहिरो खसेको हो ।
मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी नै बाटो अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बाटो खुलाउन पहल भइरहेको उनले बताए ।
