आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

बल्खु खोलाको बाढीले बगाउँदा काठमाडौंमा एकजनाको मृत्यु

काठमाडौं । बल्खु खोलाको बाढीले बगाउँदा काठमाडौंमा एकजनाको मृत्यु भएको छ ।

प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा एक शव फेला पारेको हो । उक्त शव बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको हो ।

मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको मैनालीले बताए ।

काठमाडौं उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि बाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो ।

बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए । रासस

सम्बन्धित समाचार

ताजा न्यूज