शुक्र, कार्तिक १४, २०८३
18.1 C
Kathmandu

भक्तपुर, दोलखा र सिन्धुपाल्चोकमा भारी वर्षा

काठमाडौं । भक्तपुर, दोलखा र सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।

भक्तपुरको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यसैले हनुमन्ते खोलाको तटीय क्षेत्रमा रहनेहरूले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दोलखा र सिन्धुपाल्चोकमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । त्यसैले यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागको भनाइ छ ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

सम्बन्धित समाचार

ताजा न्यूज