आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते

महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न गएकाहरु ट्याक्टर दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार साँझ जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट ज१त८०४४ नम्बरको ट्र्याक्टरमा २७ जना सवार भई पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न जाने क्रममा जलेश्वर नपा–९ स्थित परिकौली चोक नजिकै ट्र्याक्टर दुर्घटना भएको हो।

चालकले तीव्र गतिमा ट्र्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइते एक जनालाई उपचारका लागि जनकपुर पठाइएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको छ। घटनापश्चात् चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज