आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

सिन्धुपाल्चोकमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा छ । नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुंगे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज