बुध, भदौ ३१, २०८३
23.1 C
Kathmandu

उपसभामुखको राजीनामा माग्दै सत्तापक्ष, को बन्दैछ उपसभामुख

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा माग्ने तयारी गरेको छ । उपसभामुख पदको चरम दुरूपयोग गरेको निश्कर्षसहित कांग्रेसले उनको राजीनामा माग्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले समेत यो विषयमा गम्भीर चासो स्रोतले जनाएको छ । देउवानिकट सांसद रामहरि खतिवडाले उपसभामुख रानाले राजीनामा दिनुपर्ने आवाज उठाएका छन् ।

सभामुख बन्नुअघि राना आवद्ध रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले समेत रानाको उक्त पत्राचारबारे सभामुख देवराज घिमिरेसँग सोधीखोजी गरिसकेको चर्चा छ । सभामुख घिमिरेले पनि रानासँग उक्त विषयमा छलफल गरेको बुझिएको छ ।

सत्तापक्षले धेरैअघिको विषय अहिले आएर जानी बुझिकन उठाउनुले उपसभामुखबाट रानालाई हटाएर सत्तानिकट उपसभामुख ल्याउन खोजेको पनि भनेर चर्चा भैरहेको छ । संवैधानिक परिषद्मा सत्ताअनुकुल संख्या बनाउनको लागि पनि उपसभामुखलाई हटाउनुपर्ने उनीहरुको बाध्यताबारे चर्चा चलेको छ ।
विपक्षी दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पष्कमल दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल र उपसभामुख राना एक ठाउँमा उभिने अवस्था रहने भएपछि सत्तापक्षले उपसभामुखलाई हटाउनको लागि यो विषय उछालेको भन्ने चर्चा भैरहेको छ ।

कतिसम्म भने आईतबारसम्म रानाको राजीनामा माग्नेगरि सत्ता पक्षको तयारी छ । र, रानाको राजीनामालगत्तै उक्त पदमा कांग्रेसबाट निर्वाचित सांसद सिता गुरुङलाई अघि सार्ने सत्ता पक्षको तयारीबारे अहिलेदेखि नै गाईंगुईं चलिरहेको छ । अहिले नै उपसभामुखको राजीनामा नआईकन अर्को उपसभामुखको खोजी र नाम नै तय गरिएको र त्यसबारेमा छलफल भएको हो वा होईन भन्ने कुराको पुष्टि हुन अझै एक साता कुनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज