सोम, कार्तिक १०, २०८३
17.1 C
Kathmandu

कान्छो पार्टी भएर दिग्गज व्यक्तिहरूको बीचमा बोल्नु छोटी मुख बात भने जस्तो- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कान्छो पार्टी भएर दिग्गज व्यक्तिहरूको बीचमा बोल्नु छोटी मुख बात भने जस्तो भएको बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पछि जन्मिएकाले धेरै कुरा गर्न नहुने बताए।

उनले आफ्नो पार्टी कान्छो भएकाले धेरै कुरा गर्नु राम्रो नहुने कुरा अनुभवले सिकाएको बताए।

सभापति लामिछानेले भने, ‘पछि जन्मिएकोले धेरै ठूलो कुरा गर्न हुँदैन। कान्छो कान्छो पार्टी भएकाले दिग्गज दिग्गज व्यक्तिहरूको बीचमा बोल्नु भनेको छोटी मुख बात भनेजस्तो हुन्छ।’ उनले आफू धेरै बात गरेको कारणले पीडामा परेको उल्लेख गर्दै त्यसलाई घटनाउनुपर्ने भएको पनि बताए।

‘म बढी बातले अलिकति पीडित भएकोले बढी बात घटाउनुपर्ने भएको छ मैले। त्यो अनुभवले सिकाउने कुरा हो,’ सभापति लामिछानेले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज