आइत, कार्तिक ९, २०८३
21.1 C
Kathmandu

सहकारी संसदीय विशेष छानबिन समितिको बैठक बस्दै

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक आज बस्दैछ । आइतबार बिहान ११ बजेपछि बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका समितिका संयोजकसँग छलफल गर्ने एजेण्डा रहेको छ ।

यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ ।

समितिको बैठक सिंहदरस्थित संसद सचिवालयमा रहेको कार्यालयमा बस्न लागेको हो । गत जेठ १५ गते गठन गरिएको यो समितिलाई ३ महिनामा गोरखा मिडिया नेटवर्क लगायतका सहकारी संस्थाहरुको छानविन गरेर प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज