काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ ।
विहान प्रधानमन्त्रीले अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि दुई नेताबीच भेट हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता हुनेछ ।
शनिवार कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित भएको छ । प्रधानमन्त्रीले माओवादी नेताहरुसँग समेत ओली र देउवाबीचको छलफलबारे बिश्लेषण गरेका छन् ।
