काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मान्छेलाई निराश हुनबाट जोगाएर कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिएको बताएका छन् ।
जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेर न्यायोचित काम गरेको जिकिर गरे।
उनले भने, ‘हामीले विद्रोह नगरेको भए हामी हराइसकेको हुन्थ्यो। हामीले गल्लीमा भड्किरहने स्थिति बन्थ्यो। आत्मसमर्पण गर्नुपर्ने अवस्था बन्थ्यो। हामीले ती कुरा स्वीकार गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगाएर कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिएका छौं।’
कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनको लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए ।
