मङ्ल, अशोज ६, २०८३
20.1 C
Kathmandu

नेपाली कम्युनिष्ट पार्टीको महाधिवेशन मंसिरमा नहुने निश्चित, अब कहिले ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको मंसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । ११–१५ मंसिरमा काठमाडौंमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बाढीलगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जनाएको छ ।

नेकपाको भ्रातृ संगठनको समायोजन र तल्ला तहका अधिवेशन पनि प्रभावित भएका छन् । कार्यतालिका प्रभावित भएपछि नयाँ तालिकाबारे छलफल गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको छ । नेकपा केन्द्रीय कार्यसयोजन समिति ४५ सदस्यीय छ ।

गत वैशाखमा बसेको केन्द्रीय कार्यसंयोजन समिति बैठकले आगामी मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार कार्यतालिका सार्वजनिक भएको थियो । साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्य विस्तार अभियान सञ्चालन गर्ने, १५ भदौसम्म वडा तहका अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका थियो । असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, १५ कात्तिकसम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने र ११–१५ मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज