मङ्ल, अशोज ६, २०८३
20.1 C
Kathmandu

जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हत्कडी नलगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक लगाएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्त भाग्ने जोखिम वा अरूलाई क्षति पुर्‍याउन सक्ने अवस्था नरहे हतकडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको हो ।

हतकडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले सर्वोच्चमा दिएको रिटको सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । पक्राउ पर्नेबित्तिकै सबैलाई हतकडी लगाउने अभ्यास संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नभएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

‘हतकडी लगाउनैपर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्म सो सम्बन्धमा अन्य कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हतकडी लगाउने काम नगर्नू’ आदेशमा भनिएको छ ।

हतकडी लगाउनैपर्ने अपरिहार्य परिस्थिति रहेमा त्यसको कारण र प्रयोगको अभिलेखसमेत राख्न सर्वोच्चले प्रहरीलाई भनेको छ । प्रहरी ऐन, २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले पक्राउ परेको व्यक्ति भाग्न खोजेमा वा जोरजुलुम गरेमा नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गर्न सकिने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रहरीले पक्राउ परेकालाई हतकडी लगाउने अभ्यास छ ।

सम्बन्धित समाचार

ताजा न्यूज