मङ्ल, कार्तिक ४, २०८३
17.1 C
Kathmandu

तौल घटाउनेदेखि तनाव हटाउनेसम्म, ‘जिम प्लस’मा पाइन्छ सम्पूर्ण फिटनेस सुविधा

काठमाडौं । आजको व्यस्त जीवनशैली, लामो समय कार्यालयमा बस्ने बानी, अस्वास्थ खानपान र शारीरिक गतिविधिको कमीका कारणले गर्दा मोटोपन, मधुमेह, उच्च रक्तचाप तथा मानसिक तनावजस्ता समस्या बढिरहेका छन् । यस्ता समस्याबाट बच्न नियमित व्यायामलाई चिकित्सकहरूले प्रभावकारी उपायका रूपमा सिफारिस गर्ने गरेका छन् ।

यही आवश्यकतालाई मध्यनजर गर्दै गौशालास्थित पशुपति भिजन भवनको चौथो तल्लामा सञ्चालित ‘जिम प्लस’ले आधुनिक फिटनेस र स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिरहेको छ ।

अत्याधुनिक जिम उपकरण, कार्डियो मेसिन तथा व्यवस्थित व्यायामका लागि आवश्यक वातावरण रहेको जिम प्लसमा विभिन्न उमेर समूहका व्यक्तिहरूले आफ्नो स्वास्थ्य र शारीरिक तन्दुरुस्तीमा सम्पर्क गर्न सक्छन ।

फिटनेससँगै यहाँ स्पा तथा मोरोक्कन बाथजस्ता सेवा पनि उपलब्ध छन् । यी सेवाले शरीरलाई आराम दिनुका साथै मांसपेशीको थकान कम गर्न, रक्तसञ्चार सुधार गर्न र मानसिक तनाव घटाउन सहयोग पु¥याउने छ ।

यसअघि संसारा फिटनेश एण्ड हेल्थ सेन्टरको नामबाट सञ्चालनमा रहेकोमा नयाँ नाम र आधुनिक सेवासहित अपडेट गरिएको जिम प्लसले जनाएको छ ।

नियमित व्यायाम गर्दा धेरै फाइदा हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । नियमित व्यायामले मुटु र फोक्सोको कार्यक्षमता सुधार हुन्छ । मोटोपन नियन्त्रण गर्न सहयोग पुग्छ, मधुमेह र उच्च रक्तचापको जोखिम कम गर्न मद्दत पुग्छ ।

शरीरको शक्ति, लचकता र सहनशीलता बढ्छ, तनाव, चिन्ता र डिप्रेसनका लक्षण कम गर्न सहयोग पुग्छ, राम्रो निद्रा लाग्छ । यस्तै, आत्मविश्वास बढ्नुका साथै दैनिक कार्यमा ऊर्जा महसुस हुन्छ ।

स्वास्थ्यप्रति सचेत हुनेहरूको संख्या बढ्दै जाँदा पछिल्लो समय फिटनेस सेन्टरप्रतिको आकर्षण पनि बढिरहेको छ ।

जिम प्लसले आधुनिक उपकरण, व्यवस्थित वातावरण र फिटनेससँगै विश्रामका सेवामार्फत स्वस्थ जीवनशैली अपनाउन चाहनेहरूका लागि एक उपयुक्त गन्तव्य बन्ने प्रयास गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज