काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ मा अपराजित रहदै नकआउट चरणमा प्रवेश गरेको छ ।
डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
र्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३-० र दोस्रो खेलमा अष्ट्रियालाई २-० ले पराजित गरेको थियो ।
जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एकएक गोल गरे । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे ।
जोर्डनसँगको खेलमा ६० औँ मिनेटमा मैदान छिरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले गोल प्रहार गरेका छन् ।
खेलको ८० औँ मिनेटमा मेस्सीले फ्री किकमार्फत गोल प्रहार गरेका हुन् । डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।
जारी विश्वकपमा मेस्सीको छैटौँ गोल हो । यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ ।
