बुध, अशोज ७, २०८३
20.1 C
Kathmandu

कांग्रेसको १५औं महाधिवेशन बोलाउने तयारी, अब देउवापक्ष के गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौमा गर्ने तयारी गरिएको छ । मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेताहरूले बताएका छन् ।

सभापति गगन थापा निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको थियो ।

मंगलबार सभापति थापाको अध्यक्षतामा बस्ने बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यसअघि नियमित महाधिवेशन गर्ने उद्देश्यसहित पुसमा कार्यतालिका ल्याइए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन गरिएको थियो ।

गगन थापा पक्षले १५औँ महाधिवेशनको तयारी गर्दैगर्दा पूर्वसभापति शेरबहादुर देउवा पक्षले के गर्छ भन्ने चासोको विषय बनेको छ । देउवा पक्षले निवर्तमान केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ । उक्त बैठकले रणनीतिक निर्णय गर्ने नेताहरू दाबी गर्छ ।

 

सम्बन्धित समाचार

ताजा न्यूज