काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई गैरकानुनी थुनाबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा उक्त आदेश जारी गरेको हो ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
अदालतको आदेशसँगै प्रसाईंको थुनासम्बन्धी कानुनी अवस्था स्पष्ट भएको छ ।
निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
