एजेन्सी । टी–२० विश्वकपमा इंग्ल्याण्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
इंग्ल्याण्डको जितमा कप्तान ह्यारी ब्रुक मुख्य नायक बने । उनले सानदार शतक प्रहार गरे ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्याण्डले १९ दशमलव ४ ओभरमा पुरा ग¥यो ।
इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले खेललाई सुधारेका हुन् । उनी ब्याटिङमा आउनुअघि इंग्ल्याण्डको अवस्था नाजुक थियो ।
ब्रुकले ५० बलमा आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक पूरा गरे । उनले अफ्रिदीलाई छक्का र चौका प्रहार गर्दै शतक पुरा गरेका थिए ।
शतक बनाए लगत्तै उनी आउट भए पनि इंग्ल्याण्डलाई जितको नजिक पु¥याइसकेका थिए ।
यो जितसँगै इंग्ल्याण्ड लगातार पाँचौँ पटक टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
पाकिस्तानको अवस्था भने कठिन छ । अब पाकिस्तानले श्रीलंकालाई हराउनुपर्नेछ भने अरू खेलको नतिजामा पनि भर पर्नुपर्नेछ ।
