सोम, कार्तिक १०, २०८३
24.1 C
Kathmandu

जसपा नेपालका उपाध्याक्षसहितका नेता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम र मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समायोजित भएका छन्।

संयोजक पुष्पकमल दाहाल प्रचण्डले जसपाको टिमसँग ५ बुँदे र लिम्बुवान क्रान्तिकारी पार्टी २ बुँदे सहमति गरेर पार्टीमा भित्र्याएका हुन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज