बिहीबार १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै छ ।
विगत १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका युवाहरूले टोपी दिवस मनाउन थालेका हुन् ।
यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको अभियान्ताहरू बताउँछन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विक्रम संवत २०७० सालदेखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा युवाहरुसँग सम्बन्धित विभिन्न संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
