मङ्ल, कार्तिक २५, २०८३
12.1 C
Kathmandu

पश्चिमी वायुको प्रभावले मौसम बदली, चिसो बढ्ने, सचेत रहन आग्रह

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । यसको प्रभावले बादल लागेको छ । बादलको प्रभाव पश्चिम नेपालमा बढी र पूर्वी नेपालमा कम देखिएको छ ।

यसले गर्दा केही चिसो बढ्ने र उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । तराई मधेश र पहाडी खोँचहरुमा देखिएको हुस्सु कुहिरो पनि हल्का कम हुने सम्भावना छ । तर प्रणाली ठूलो नभएकाले धेरै सुधार भने नदेखिने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले विशेषगरी देशका पश्चिमी भू–भागहरूमा मौसममा परिवर्तन आएको छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था छ । अन्य प्रदेशहरूमा भने मौसम सामान्यतया सफा नै छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै कोशी प्रदेशका समेत उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराई/मधेशका क्षेत्रहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ । पश्चिमी वायुका कारण बादल लाग्दा पश्चिम तराईका क्षेत्रमा लागेको हुस्सु केही हट्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज