सोम, कार्तिक २४, २०८३
15.1 C
Kathmandu

नयाँ र वैकल्पिकलाई मिलाउन बालेनको दौडधुप, सक्रिय राजनीतिमा उत्रिएको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आसन्न प्रतिनिधिसभा निर्वाचनमार्फत दलीय राजनीतिमा सक्रीय हुने भएका छन् । बालेनले सक्रिय राजनीतिमा उत्रिएको घोषणा गर्दै साथ, सहयोग र सुझाव मागेका छन् ।

वैकल्पिक शक्ति निर्माण गर्न उनले राजनीतिमा सक्रिय नेता, अभियन्ता, उद्यमी–व्यवसायी, सञ्चारकर्मी र जेन–जी अगुवासँग भेटघाट तीव्र बनाएका छन् । भेटघाटमा सहभागी सबैलाई उनले आफू संसदीय राजनीतिमा होमिएको स्पष्ट सन्देश दिएका छन् ।

बालेन देश विकास पार्टीमार्फत निर्वाचनमा भाग लिने तयारीमा छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको यस पार्टीको चुनाव चिह्न लौरो छ । पहिले यो पार्टी अनन्तराज घिमिरेका नाममा थियो । तर पछिल्लो समय पार्टीको नेतृत्वमा सन्ध्या खनाललाई ल्याइएको छ ।

कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा बालेनले बुधबार अपराह्नदेखि बिहीबार अबेरसम्मै भेटघाट गरेका थिए । बालेनले बुधबार चिकित्सक भगवान कोइराला, कांग्रेस नेता चन्द्र भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीदेखि राप्रपा नेता ज्ञानेन्द्र शाहीसम्मलाई भेटेका थिए ।

बालेनले पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे, विवेकशीलबाट बागमती प्रदेशसभामा निर्वाचित पूर्वसांसद रमेश पौड्याल, रास्वपासँग एकीकरणमा नगएका विवेकशीलको युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अभियन्ता सागर ढकाल, सञ्चार उद्यमी सम्भव सिरोहिया, व्यवसायी सचिन ढकाल, जेन–जी अभियन्ताद्वय रक्षा बम तथा केपी खनाल, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलालगायतसँग बेग्लाबेग्लै भेट गरेका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज