सोम, कार्तिक २४, २०८३
15.1 C
Kathmandu

राजनीतिक दल र जेनजीको दोहोरो दबावमा रहेको प्रधानमन्त्री कार्कीको गुनासो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ मिहेनत गर्दै काम गरिरहेको बताएकी छिन् । ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२’ का विजयी लेखकहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन नै वर्तमान सरकारको प्रमुख अर्जुनदृष्टि रहेको उल्लेख गरिन् । साथै, सुशासन कायम गर्न सरकार अहोरात्र खटिएको पनि बताइन् ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारमाथि चारैतिरबाट दबाब र आलोचना भइरहेको स्वीकार गर्दै, “अचानोमा परिएजस्तै अवस्था भए पनि सरकारले जिम्मेवारीबाट पछि नहटी निरन्तर मेहनतका साथ काम गरिरहेको छ,” भनिन्।

उनले सबै क्षेत्रबाट सबै कुरा एकैचोटि पूरा गर्नुपर्ने अपेक्षा रहेको तर व्यवहारिक रूपमा त्यसो गर्न नसकिने उल्लेख गर्दै सरकारले क्रमशः सुधारका कामहरू अघि बढाइरहेको बताइन् ।

“सरकार राजनीतिक दल र जेनजी दुवैको दोहोरो दबावमा छ,” उनले भनिन्।

 

सम्बन्धित समाचार

ताजा न्यूज