बिहि, अशोज ८, २०८३
19.1 C
Kathmandu

समानुपातिक निर्वाचनका लागि आयोगमा १०० दलको निवेदन (दलको नामसहित)

काठमाडौं । प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सय दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दलहरूलाई २१–२३ मंसिरसम्म निवेदन दिन आह्वान गरेको छ ।

निर्धारित समयभित्र सयवटा दलबाट ९३ निवेदन प्राप्त भएको आयोगको कानुन तथा राजनीतिक महाशाखा प्रमुख यज्ञ भट्टराईले बताए । प्राप्त निवेदनका आधारमा २४ मंसिरमा दलको नामावली प्रकाशन गर्ने, २५ मा नाम फिर्ता लिन समय दिएर २६ मा अन्तिम नामावली प्रकाशन गरिने भट्टराईले बताए ।

प्राप्त निवेदन हेरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूको अन्तिम सूची प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । दलहरूले बन्दसूची बुझाउने समय १३ र १४ पुसलाई तोकिएको छ । यसअघि प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन १०७ वटा चिह्नमा ११४ वटा दल दर्ता भइसकेका छन् ।

समानुपातिकमा भाग लिने दल
देश विकास पार्टी, देशभक्त पार्टी, राष्ट्रिय कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी नेपाल), हाम्रो पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेसनल रिपब्लिक नेपाल, नेपाल समावेशी पार्टी, नेपालका लागि नेपाली, जनमत पार्टी, श्रम संस्कृति पार्टी, समाजवादी पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी समावेशी पार्टी, नेपाल मजदुर किसान पार्टी (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, गान्धीवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, सार्वभौम नागरिक पार्टी, जनअधिकार पार्टी, नागरिक सेवा पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी), (नागरिक सेवा पार्टी/सचेत नेपाली पार्टी), राष्ट्रिय जनमोर्चा, नागरिक शक्ति नेपाल, नेपाली जनता दल, संयुक्त नागरिक पार्टीले निवेदन दिएका छन् ।

उन्नत लोकतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाल नागरिक पार्टी, त्रिमूल नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय विकास पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मितेरी पार्टी नेपाल, जनप्रिय लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, प्रगतिशील नागरिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नागरिक बचाउ दल नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, स्वाभिमान पार्टी, नेपाल परिवार दल, समुन्नत नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी, जय मातृभूमि पार्टी, राष्ट्रिय सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नेपाल मातृभूमि पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाली जनश्रमदान संस्कृति पार्टी, राष्ट्रिय एकता दल, संघीय नेपाल पार्टीले निवेदन दिएका छन् ।

आवाज पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मानवतावादी पार्टी, इतिहासिक जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय नागरिक पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय विकासवादी पार्टी, उज्ज्वल भविष्य पार्टी, राष्ट्र निर्माण दल नेपाल, प्रगतिशील समाजवादी पार्टी, राष्ट्रिय जनमत पार्टी, (आमजनता पार्टी/जनादेश पार्टी नेपाल), तराई–मधेश लोकतान्त्रिक पार्टी, पिपुल फस्र्ट पार्टी, राष्ट्रिय गौरव पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, उज्यालो नेपाल पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, (नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी/नेपाल कम्युनिस्ट पार्टी), आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल, नेपाल जनसेवा पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन शक्ति पार्टीले पनि निवेदन दिएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज