काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार इलिमिनेटर खेल हुँदै छ । त्रिवि मैदान कीर्तिपुरमा दिउँसो ४ बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
काठमाडौं अंक तालिकाको तेस्रो र लुम्बिनी चौथो स्थान हुँदै प्लेअफमा पुगेका हुन् । लिग चरणको खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो ।
इलिमिनेटरमा जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ ।
पराजित भएको विराटनगरसँग आजको इलिमिनेटर जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
