शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

सौर्य विमान दुर्घटनाका आफन्तलाई आजै शव दिइने

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ ।

दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भैरहेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले जनाएको छ ।

चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ ।

‘आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर १४ वटा शवको लगभव पहिचान गरिएको छौं,’ ‘बाँकी ४ वटा शवको डेन्टल एक्जामिनेसनमा रिर्पोट पोजेटिभ आज शव आफन्तलाई बुझाउँछौं ’ फरेन्सिक विभागले भन्यो ।

सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फोरिन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएका छन् ।

प्रहरी वा आफन्तले देखेको भरमा सनाखत गर्दा शव फरक पर्न सक्ने ठूलो जोखिम हुन्छ । ‘के–आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाईनेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज