काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जोखिम मोलेर विमान चालक मनिषरत्न शाक्यलाई सकुशल उद्धार गरेको भन्दै प्रहरी प्रधान कार्यलयले डीएसपीद्वय सुकदेव खनाल र टेकबहादुर राउतसहित पाँच जना प्रहरीलाई अभिलेखमा जनिने गरी पुरस्कृत गरेको छ ।
डीएसपीद्वयलाई जनही नगद २२ सय रुपैयाँ र चार जना जवानलाई जनही दुई हजार नगदसहित सम्मान गरिएको हो । डीएसपी खनाल र राउतसहित प्रहरी जवानहरु श्रीराम परियार, करणसिंह चौसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई प्रहरी प्रधान कार्यलयले पुरस्कृत गरेको हो । पाँचैजना प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा तैनाथ थिए ।
बुधबार बिहान ११स्११ मा धावन मार्ग छोडेको केही समयमै दुर्घटना भएको थियो । त्यसपछि तत्कालै नियमित ड्युटीबाट दुर्घटनास्थल पुगेर प्रहरीले चालक शाक्यलाई दुर्घटना भएको विमानबाट चालक शाक्यलाई बाहिर निकालेका थिए । काठमाडौंबाट जहाज मर्मतका लागि पोखरा जाने क्रममा दुर्घटना भएकोमा सौर्य एयरलाईन्सका को(पाइलट, प्राविधिक कर्मचारीसहित १७ नेपाली र १ जना विदेशी नागरिकको निधन भएको थियो ।
उद्धार गरिएका चालक शाक्यको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ भने दुर्घटनामा ज्यान गुमाएका सबैको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
