मङ्ल, कार्तिक १८, २०८३
13.1 C
Kathmandu

२.११ अंकले बढ्यो नेप्से, १९ अर्ब बराबरको कारोबार…

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार बुधबार दिनभरीको उतारचढावकाबीच बजार झिनो अंकले बढेर बन्द भएको हो ।

नेप्से परिसूचक घटेर २९४३.६१ विन्दुसम्म झरेको थियो । त्यसपछि बजार सुधार भएको थियो । आज १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज फाइनान्स, विकास बैंक, वाणिज्य बैंक, ‘अन्य’ र लगानी समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ४.९९ प्रतिशतले वृद्धि भएको छ ।

आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यसरी सेयर मूल्य १० प्रतिशतले वृद्धि हुनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्टी पावर कम्पनी लिमिटेड छन् । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज