बुध, भदौ ३१, २०८३
20.1 C
Kathmandu

१४५.०५ अंकले घट्यो नेप्से, २३ अर्ब माथिको कारोबार…

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ। मंगलबार बजार ५.१८ प्रतिशत अर्थात् १४५.०५ अंकले घटेको हो ।

साताको दोस्रो कारोबार दिन बजार परिसूचक २ हजार ६५१.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्य बनेका छन् ।

बजारमा भारी गिरावट देखिएता पनि कारोबार रकम पनि २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ कायम भएको छ । मंगलबार ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भएको हो ।

सम्बन्धित समाचार

ताजा न्यूज