शनि, कार्तिक १५, २०८३
16.1 C
Kathmandu

२०.६३ अंक घट्यो नेप्से, १९ अर्ब माथि कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि माथि टिक्न सकेन ।
बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।

फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढे भने अरु सबै घटे । बैंकिङ ०।६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०।५६ र व्यापार १७६ अंक घटे ।

सम्बन्धित समाचार

ताजा न्यूज