शुक्र, कार्तिक १४, २०८३
15.1 C
Kathmandu

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदी सोमबारकै मूल्यमा कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज