बिहि, अशोज १, २०८३
25.1 C
Kathmandu

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज