काठमाडौं । नेपाली कांग्रेस फुटको संघारमा पुगेको छ । पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्न भन्दै राष्ट्रिय भेलाको घोषणा गरेको हो ।
वीपी स्मृति दिवसको अवसरमा छुट्टै कार्यक्रम गरेको उक्त पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको घोषणा गरेको हो । कार्यक्रमलाई सम्बोधान गर्दै नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको घोषणा गरे ।
सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा हुने समेत उनले जानकारी दिए ।
