काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट दलहरूले विविध कार्यक्रम आयोजना गरेका छन् ।
विसं १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
विसं २००६ वैशाखमा भारतको कोलकातामा उनले नेकपा स्थापना गरेका थिए । नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत उनले राखेका थिए ।
नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न समूहमा विभाजित छ । तर, सबैले पुष्पलाललाई आदर्श पात्रको रुपमा लिन्छन् ।
