मङ्ल, कार्तिक ११, २०८३
16.1 C
Kathmandu

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन, ६० प्रतिशत सहभागी हुने दाबी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ ।

सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा आइतबार र सोमबार विशेष महाधिवेशन हुन लागेको हो ।

विभिन्न क्षेत्रबाट निस्केको ¥याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ । विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेका छन् तर देउवा सहभागी हुने अवस्था क्षीण बन्दै गएको छ ।

विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज